+
+
Shares

रवि लामिछानेले आज कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूसँग आज छलफल गर्ने कार्यक्रम तय गरेका छन्।
  • रास्वपा प्रवक्ता मनिष झाले कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजे र मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १:३० बजे छलफल हुने जानकारी दिए।
  • सभापति लामिछाने र सांसदहरूबीच छलफलको समय दुई घण्टा निर्धारण गरिएको छ र बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल हुने छ।

८ जेठ, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।

उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग आज (शुक्रबार) छलफल गर्न लागेका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि र मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १:३० बजेदेखि छलफल सुरू हुने जानकारी दिए । उनका अनुसार सभापति लामिछाने र सांसदहरूबीच छलफलको समय दुई घण्टा निर्धारण गरिएको छ ।

प्रवक्ता झाले बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रम आयोजना हुने सूचनामा उल्लेख गरेका छन् ।

सूचनामा सांसदहरूसँगको छलफलको एजेन्डाबारे भने केही खुलाइएको छैन ।

‘सांसदज्यूहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा पार्टी सभापतिज्यू कोशी प्रदेश र मधेश प्रदेशका उपलब्ध सांसदज्यूहरूसँग छलफल गर्ने तालिका रहेको छ,’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?