+
+
Shares

रास्वपा महाधिवेशन : पदाधिकारीमा कसले देखाउँदैछन् आकांक्षा ?

सत्तारुढ दल रास्वपाले स्थापना भएको चारवर्षपछि पहिलो महाधिवेशन गर्दैछ । प्रथम महाधिवेशनको मिति नजिकिएसँगै पदाधिकारीका आकांक्षीहरू प्रति कौतुहलता छाएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ जेठ ५ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ असार ७ गते पहिलो महाधिवेशन सुरु गर्दै निर्वाचित समिति चयन गर्नेछ।
  • सभापति रवि लामिछाने निर्विकल्प सभापति हुने नेताहरूले बताएका छन्।
  • महाधिवेशनमा उपसभापति, महामन्त्री लगायत पदाधिकारी पदका लागि विभिन्न नेताहरूले आकांक्षा देखाएका छन्।

५ जेठ, काठमाडौं । पार्टी गठन भएको चारवर्ष पछि पहिलो महाधिवेशन गर्न लागेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मूल नेतृत्व सहित पदाधिकारीमा आउने व्यक्तिसँगै आकांक्षीहरुप्रति चासो सुरु हुन थालेको छ ।

२०७९ असार ७ गते पार्टी स्थापना दिवसको अवसर पारेर प्रथम महाधिवेशन सुरु गर्दैछ ।

रास्वपा विगत ४७ महिनादेखि तदर्थ समितिमा सञ्चालित छ । अब हुने प्रथम महाधिवेशबाट रास्वपाले निर्वाचित समिति ल्याउने छ ।

पहिलो महाधिवेशनबाट निर्वाचित भई पदाधिकारी हुने चाहना सहित पदका लागि नेताहरूले आकांक्षा देखाउन थालेका छन् ।

नेपाली कांग्रेसनेकपा एमालेलगायतका दलमा महाधिवेशन आउन धेरै समय बाँकी रहँदै नेताहरूले औपचारिक र अनौपचारिक रूपमा पदको आकांक्षा व्यक्त गर्ने प्रचलन छ ।

चार वर्षे यात्रा तय गरिसकेको रास्वपामा भने कांग्रेस र एमालेकै जस्तै प्रचलन छैन । नयाँ समितिमा आउने इच्छा भएका नेताहरूले आफ्नो आकांक्षा भने औपचारिक रूपमा खुलाउन चाहेका छैनन् ।

अनौपचारिक कुराकानीको क्रममा नेताहरूले आसन्न महाधिवेशनमा पदाधिकारीमा आकांक्षा राख्ने नेताहरूबारे जानकारी गराएका छन् ।

नेताहरूका अनुसार सभापतिमा रवि लामिछाने निर्विकल्प हुन् । उनीहरूका अनुसार पार्टी संस्थापक सभापति रविलाई टक्कर दिने गरी वा उनीसँग प्रतिस्पर्धा गर्ने गरी हिम्मत जुटाएर निर्वाचनमा जान चाहने अर्को कुनै व्यक्ति हुने छैन ।

सभापति पदमा रविकै निरन्तरता हुनेबारे उनी जेलमै रहेको बेला नेताहरूले कार्यकर्तालाई आश्वस्त पारेका थिए ।

अघिल्लो जेठमै उपसभापति डा. स्वर्णिम वाग्लेले महाधिवेशनबाट रवि नै सभापति बन्ने बताएका थिए ।

गत जेठको २४ गते स्याङ्जामा बोल्ने क्रममा उपसभापति वाग्लेले भनेका थिए, ‘आगामी महाधिवेशनबाट पार्टी सभापति लामिछाने नै हो । रवि लामिछानेलाई यिनिहरूले कारागारमा राखे पनि हाम्रो पार्टी सभापति रवि लामिछाने नै हो ।

जेनजी आन्दोलनपछि परिस्थिति फरक निर्माण भयो । रास्वपा सभपाति रवि जेलमुक्त भए । सभापति रवि जेलमै रहेको बेला उनले पार्टीको नेतृत्व छोड्नुपर्ने मतहरू आएपनि पार्टीका शीर्ष तहमा रहेका नेताहरू उनलाई पदमुक्त गराउन नहुने पक्षमै अडिग थिए ।

कुलमान घिसिङसँग एकता वार्ता हुँदा उनी रास्वपाको सभापति नै हुने गरी एकता गर्ने अडान राखेपछि उनको प्रस्ताव उपसभापति वाग्लेले अस्वीकार गरेका थिए ।

पार्टी गठन गरी सकसपूर्ण राजनीतिक जीवन पार गरेको  र दललाई पहिलो पार्टी बनाएको श्रेय सभापतिलाई जाने बताउँदै शीर्ष तहका एक नेताले अनलाइनखबरसँग भने,‘महाधिवेशनबाट रविजी निर्विकल्प सभापति हो । पार्टी स्थापना गरेर यो अवस्थासम्म ल्याई पुर्‍याउनेसँग प्रतिस्पर्धा गर्ने आँट अरू कसैको हुँदैन ।

नेताहरूका अनुसार वरिष्ठ नेतामा निरन्तरता प्रधानमन्त्री बालेन्द्र शाहले नै पाउने छन् । यद्यपिरास्वपाको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।

विधान संशोधन गरेर वा राजनीतिक निर्णयका आधारमा बालेन्द्रलाई सभापति पछिको वरियता हुने गरी वरिष्ठ नेताको पदमा निरन्तरता दिने नेताहरूले जानकारी गराएका छन् ।

रास्वपा र बालेन्द्र पक्षको एकता सहमतिमा राजनीतिक निर्णयका आाधारमा वरिष्ठ नेताको पद सिर्जना गरिएको थियो ।

उपसभापतिमा स्वर्णिम स्वाभाविक प्रत्यासी, अरू दुई कोको ?

रास्वपाको विधान अनुसार उपसभापतिमा एक महिला सहित तीन जना हुने व्यवस्था छ । हाल उपसभापतिमा अर्थमन्त्री समेत रहेका डा. वाग्ले मात्रै छन् । अर्का उपसभापति डीपी अर्याल सभामुख बनेका छन् ।

महाधिवेशनले तीन उपसभापति चयन गर्नुपर्ने हुन्छ । उपसभापतिका लागि स्वाभाविक उम्मेदवारमा अहिले त्यही पदमा रहेका वाग्ले छन् ।

नेताहरूका अनुसार उपसभापति पदका अन्य आकांक्षीमा लीमा अधिकारीप्रतिभा रावलसोविता गौतमगणेश पराजुलीसमीक्षा बाँस्कोटाभरतमणि देवकोटा लगायत हुन् ।

अधिकारीरावलगौतम र पराजुली सचिवालय सदस्य हुन् । अधिकारी पार्टी कोषाध्यक्ष छन् भने रावल सहप्रवक्ता समेत हुन् ।

रावल र गौतम बहालवाला मन्त्री हुन् । पराजुली संसद्‌मा रास्वपा दलको उपनेताको जिम्मेवारीमा छन् ।

अनुशासन आयोगका पूर्वसंयोजक रहेका भरतमणि देवकोटा केही समय रास्वपामा निष्क्रिय रहेका थिए । पछिल्लो समय भने उनी पुनः रास्वपामा क्रियाशील हुन लागेको नेताहरूले जानकारी गराएका छन् ।

सभापति रवि दोस्रोपटक गृहमन्त्री हुँदा विज्ञ सल्लाहकारको भूमिकामा देवकोटा थिए । अनुशासन आयोगको पूर्व संयोजकअन्तराष्ट्रिय संघ संस्थामा काम गरेको अनुभवविगतमा सभापतिको विज्ञ सल्लाहकार लगायतका कारणले सभापतिले उपसभापतिको रुचिमा उपसभापति पदमा देवकोटा रहेको एक नेताले दाबी गरे । उनी भन्छन्,‘सुशासनमा काम गरेको र अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट पिएचडी प्राप्त गरेको व्यक्तिलाई स्थान दिने सभापतिको चाहना होला ।

देवकोटा केही समय रास्वपामा निष्क्रिय रहनुमा रविको कारण नभई सभापतिकै निकट भनिएका दुई व्यक्ति कारण रहेको ती नेताले दाबी गरे ।

दुई महामन्त्री पदमा उल्लेख्य आकांक्षी

रास्वपाको विधानमा महामन्त्री पदमा एक जना हुने व्यवस्था छ । हाल कविन्द्र बुर्लाकोटी र भूपदेव शाह उक्त पदमा छन् ।

बालेन्द्र शाह पक्षबाट एक जनालाई महामन्त्री बनाउने अलिखित सहमतिको आधारमा उनी पक्षबाट भूपदेवलाई महामन्त्री बनाइएको नेताहरूले जानकारी गराएका छन् ।

सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा बनेको विधान संशोधन समितिले महामन्त्री पदसहित अन्य व्यवस्थामा संशोधनको मस्यौदा तयार गर्ने भएको छ ।

रास्वपाका नेताहरूका अनुसार महामन्त्री पदमा कविन्द्र बुर्लाकोटीभूपदेव शाहविपिन आचार्यशिशिर खनालमनिष झाप्रमोद न्यौपानेयज्ञमणि न्यौपानेसुनिल लम्साल लगायत आकांक्षी हुन् ।

बुर्लाकोटी रास्वपाको संस्थापक सहमहामन्त्री हुन् । पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले हटाएको केही समय पश्चात् बुर्लाकोटी महामन्त्री बनेका थिए । बुर्लाकोटी हाल रास्वपाको संसदीय दलमा प्रमुख सचेतकको भूमिकामा समेत छन् ।

महामन्त्रीका आकांक्षी आचार्य जलेश्वर बैठकबाट सहमहामन्त्री पदमा छन् । संस्थापक महामन्त्री मुकुललाई बर्खास्त गरेपछि रास्वपाको महामन्त्रीको नाममा चर्चामा शिशिर खनालको नाम समेत थियो ।

तरपार्टीले बुर्लाकोटीलाई जिम्मेवारी दिएको थियो । खनाल हाल परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छन् । मुकुललाई पार्टीबाट हटाएपछि उनले सम्हालेको प्रवक्ताको भूमिका मनिष झा छन् ।

एकतापछि रास्वपामा जोडिएका भूपदेव शाह र सुनिल लम्साल महामन्त्री पदका दाबेदार रहेको नेताहरूले जानकारी गराएका छन् ।

भूपदेव हाल महामन्त्री पदमा छन् । एकतापछि महामन्त्री सुनिल लम्साल बनाइएपनि उनी मन्त्री बनेपछि भूपदेवलाई उक्त पदको जिम्मेवारी औपचारिक निर्णय गरेर प्रदान गरिएको थियो ।

महामन्त्री पदमा प्रतिस्पर्धा गर्नकै लागि अनुशासन आयोगको कार्यवाहक प्रमुखको पदबाट राजीनामा दिएका यज्ञमणि न्यौपाने आसन्न महाधिवेशनमा उक्त पदका आकांक्षी देखिएका छन् ।

२०८१ असोजमा न्यौपानेले अनुशासन आयोगको कार्यवाहक प्रमुखको पदबाट राजीनामा दिएका थिए ।

तत्कालीन समयमा घोषित मितिमा महाधिवेशन हुन नसकेपछि प्रतिस्पर्धी हुन पाएनन् । कानुन व्यवसायी समेत रहेका न्यौपाने अनुशासन समितिको कार्यवाहक प्रमुख हुँदा संस्थापक महामन्त्री मुकुललाई स्पष्टीकरण सोधेका थिए ।

पार्टीको सक्रिय राजनीति गर्नका लागि अनुशासन आयोगबाट राजीनामा दिएका बुर्लाकोटी गत निर्वाचनबाट सांसद बनेका छन् ।

महामन्त्री आकांक्षीमा रहेको अर्को नाम हो- प्रमोद न्यौपाने । पूर्व सञ्चारकर्मी न्यौपानेको नाम रास्वपाले समानुपातिक सूचीमा राखेको थियो ।

समानुपातिक सूचीबाट महिला धेरै छनोट गर्नुपर्ने भएसँगै खस आर्य क्लष्टरमा रहेका न्यौपाने समानुपातिक सांसद बन्न पाएनन् ।

पार्टीको केन्द्रीय तहको संरचनामा पदीय भूमिका लिएर काम नगरेपनि सभापति रविका काममा उनले सघाउँदै आएका छन् ।

सभापति गृहमन्त्री हुँदा न्यौपानेले सचिवालयमा रहेर काम गरेका थिए । सहकारीको रकम अपचलन गरेको अभियोगमा सभापति रवि जेलमा रहँदा राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर’ अभियानको नेतृत्व तहमा रहेर न्यौपानेले काम गरेका थिए ।

रास्वपाका शीर्ष तहका एक नेताले भने,‘प्रमोदजीलाई सभापतिले कार्यकारी भूमिकामा ल्याउन खोज्नु भएको छ । महामन्त्री कार्यकारी पद भएको र प्रमोदजी निर्विवाद व्यक्ति भएको हुँदा सभापतिले नै बनाउन चाहनु होला ।

रास्वपाको महाधिवेशनमा प्रतिनिधि भइसकेपछि पार्टीको केन्द्रीय तहको जुनसुकै पदमा पनि प्रतिस्पर्धा गर्ने अवसर रहन्छ । अनुशासन आयोगका सचिव भूमिनन्द बरालले भने, ‘अरु कुनै तह अधिवेशबाट निर्वाचित समिति रहेको हुनुभएन । प्रतिनिधि बनेर आइसकेपछि सभापतिमै उठ्छ भन्न जोसुकैले पनि पाउँछ ।

सहमहामन्त्री र केन्द्रीय सदस्य थप्न राय सुझाव

रास्वपामा सहमहामन्त्री र केन्द्रीय समितिको संख्या बढाउने गरी पनि छलफलहरू भएको नेताहरूले जानकारी गराएका छन् ।

सहमहामन्त्री हालको विधान अनुसार एक महिला सहित तीन जना हुने व्यवस्था छ । अब सहमहामन्त्रीको संख्या ९ जना पुर्‍याउनुपर्ने राय/सुझाव पनि नेताहरूले दिएका छन् ।

प्रत्येक प्रदेश अनुसार १/१ सहमहामन्त्रीकार्यालय हेर्ने गरी १ र सभापतिको सचिवालय हेर्ने गरी १ गरी ९ जना सहमहामन्त्री बनाउनुपर्ने सुझाव आएको शीर्ष तहका एक नेताले जानकारी गराए । सुमना श्रेष्ठले सहमहामन्त्री सहित पार्टी त्याग गरेपछि उक्त पदमा हाल विपिन आचार्य मात्रै छन् ।

हालको विधानको व्यवस्था अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्य हुने व्यवस्था छ । पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यको लागि महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्था छ ।

सभापतिले केन्द्रीय समितिमा मनोनित गर्ने सदस्यहरूको संख्या बढाउनुपर्ने राय/सुझाव पनि पार्टीमा आएको छ ।

हालको विधानको व्यवस्था अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्य हुने व्यवस्था छ । पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यको लागि महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्था छ ।

दोस्रो चरणमा पदाधिकारीका लागि पुनः मतदान गर्ने विधानमा व्यवस्था राखिएको छ । पदाधिकारीमा सभापतिउपसभापतिमहामन्त्रीकोषाध्यक्षसहकोषाध्यक्षप्रवक्ता र सहप्रवक्ता हुनेछन् । कोषाध्यक्षसहकोषाध्यक्षप्रवक्ता र सह प्रवक्तालाई निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने अधिकार छ ।

सभापतिलाई २२ जना केन्द्रीय सदस्य थप्ने अधिकार विधानले दिएको छ । सभापतिले केन्द्रीय सदस्य मनोनीत गर्ने संख्या बढाउनुपर्ने सुझावहरू पार्टीमा आएको नेताहरूले जानकारी गराएका छन् ।

रास्वपाको हालको विधानको आधारमा केन्द्रीय समितिको पदाधिकारीमा वरिष्ठ नेताबाट बालेन्द्र पक्षबाट महामन्त्री भूपदेव मात्रै पदाधिकारीमा छन् । एकतापछि बालेन्द्र पक्षबाट केन्द्रीय समितिमा २६ जना थपिएको छ ।

नेताहरूका अनुसार केन्द्रीय नेतृत्व चयन गर्न दुई विधिमा आन्तरिक छलफलहरू भएका छन् ।

एउटा, पदाधिकारी सहमतिमा चयन गर्ने र अन्य पदको निर्वाचन गरेर टुंगो लगाउने । दोस्रो, विकल्पमा सिंगो समितिमा ६० प्रतिशतको निर्वाचन गर्ने र ४० प्रतिशतमा सहमति गरी पूर्ण समिति ल्याउने गरी विधि बनाउने । नेताहरुका अनुसार दोहोरो भूमिका नहुने गरी जिम्मेवारी प्रदान गर्ने गरी सहमतिमा केन्द्रीय समिति बनाउने गरी पनि छलफलहरू भएका छन् ।

एक नेताले भने,‘सरकार र संसदीय भूमिकाको जिम्मेवारी पाएको व्यक्तिलाई पार्टीको काममा अल्झाउन हुन्न भन्ने पनि हो । सरकारमा रहेका र संसदीय भूमिकामा रहेका व्यक्तिहरूलाई पार्टीको कार्यकारी पदको जिम्मेवारी दिन नहुने विचार पनि आएका छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?