+
+
Shares

पार्टी सभापति र प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हो : स्वर्णिम वाग्ले

‘कारागार सरुवा गरेर थप रणनीति तय गर्छौं’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते १९:२४

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले कारागारभित्रै रहे पनि आफ्नो पार्टीको सभापति रवि लामिछाने नै हुने दाबी गरेका छन् ।

स्याङ्जाको वालिङ नगर समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

आगामी महाधिवेशनबाट पार्टी सभापति लामिछाने नै हुने र ०८४ मा सबैभन्दा ठूलो दल भएको खण्डमा प्रधानमन्त्रीको उम्मेदवार पनि रवि नै हुने उनले जिकिर गरे ।

‘रवि लामिछानेलाई यिनिहरूले कारागारमा राखे पनि हाम्रो पार्टी सभापति रवि लामिछाने नै हो,’ वाग्लेले भने, ‘०८४ मा हामीले बहुमत ल्यायौं भने वा सबैभन्दा ठूलो पार्टी भयौं भने, हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हो ।’

सत्तारुढ दलहरूलाई अदालतमै अल्झाइदिन सकिन्छ भन्ने लागिरहेको उनले बताए ।

साथै, चाँडै सभापति लामिछाने जेल सरुवा भएर काठमाडौं आउने तयारी रहेको जानकारी दिए ।

‘उनीहरूलाई लाइरहेको छ, अदालतमै अल्झाइदिऔं । रवि लामिछाने हराउँछन् भन्ने उनीहरूलाई लागिरहेको छ,’ वाग्लेले भने, ‘अब उहाँ काठमाडौं आउँदै हुनुहुन्छ । हाम्रो संवाद र रणनीति झनै बाक्लो हुनेछ ।’

उनले आफूहरू कुनै राजनीतिक सौदाबाजी नगर्ने पनि सम्बोधनको क्रममा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?