
१८ चैत, युएई । युएईमा थप २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ जना नेपालीसहित ५३ जना नयाँ संक्रमित फेला परेका हुन् ।
यस्तै मंगलबार नै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षका एशियाली नागरिक रहेको यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कोरोनाका कारण यहाँ मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
युएईमा हालसम्म ८ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । दुई जना उपचारपछि निको भएका छन् ।
मंगलबार ५३ जना नयाँ संक्रमित फेला परेसँगै यूएईमा हालसम्म संक्रमितको संख्या ६ सय ६४ पुगेको छ । मंगलबार फेला परेका संक्रमितहरुमा अल्जेरिया, लेवलान, पाकिस्तान, इरान कुवेत, स्वीटजल्याण्ड, टर्की, फिलिपिन्स, इटाली, फ्रान्स, अमेरिका, इजिप्ट, भारत, बेलायत र युएईकै नागरिक रहेका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युएईमा मार्च ९ मा पहिलो २ जना नेपालीसहित १४ जना संक्रमित फेला परेका थिए । त्यसपछि २७ मार्चमा २ जना २८ मार्चमा २ जना नेपालीमा संक्रमण देखिएको थियो ।
९ मार्चमा संक्रमित भएका नेपाली निको भइसकेका छन् । स्वास्थ्य लाभपछि उनीहरु आफ्नो काममा फर्किएका अवुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रतिक्रिया 4