Comments Add Comment

ड्रोनबाट लकडाउन र एपबाट कालोबजारीको अनुगमन गर्दै प्रहरी

१९ चैत, काठमाडौं । नेपाल प्रहरीले लकडाउनको कार्यान्वयनका लागि ड्रोनबाट पनि निगरानी गर्न थालेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले ड्रोनको प्रयोग गरेर निगरानी थालेको हो ।

उपत्यकाका विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीको ड्युटी, उपस्थिति र सर्वसाधारणको अवस्थाबारे जानकारी लिने उद्देश्यले ड्रोन प्रयोगमा ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रहरी मुख्यालयमा रहेको चारवटा ड्रोनमध्ये दुई वटा बुधबार प्रयोगमा ल्याइएको हो ।

नेपाल प्रहरीले आफ्नो एप पनि बुधबारदेखि अपग्रेड गर्दैछ । जसमा अब लकडाउन उल्लंघन र कालोबजारी गर्नेको पनि सूचना दिन सकिनेछ । त्यस्तै, छरछिमेकका कसैमा कोभिड–१९ को लक्षण देखिए त्यसबारे पनि एपबाटै प्रहरीलाई जानकारी गराउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment