Comments Add Comment

स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

१९ चैत, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएका हुन् ।

यससँगै स्पेनमा समग्र संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको हो ।

मन्त्रालयको तथ्यांकअनुसार स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट आठ सय ६४ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको कुल संख्या ९ हजार ५३ पुगेको छ ।

तर अझै महामारी नियन्त्रणमा आउने छाँट देखिएको छैन । सरकारी अधिकारीहरुले भने अहिले स्पेनको अवस्था स्थिर बनेको र छिटै कोरोना भाइरसको महामारी कम हुँदै जाने बताएका छन् ।

गत मार्चदेखि स्पेन पूर्ण रुपमा लकडाउनमा छ ।

तर कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको कामको विपक्षी र यसअघि सरकारलाई साथ दिएका पार्टीले पनि आलोचना गरिरहेका छन् । आलोचकहरुले सरकारले यो भाइरस नियन्त्रणको लागि निकै सुस्त गतिमा आफ्नो कदम अघि बढाइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment