Comments Add Comment

२५७ जना यात्रु बोकेर अस्ट्रेलिया उड्यो नेपाल एयरलाइन्सको वाइडबडी

१९ चैत, काठमाडौं ।  नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स बुधबार साँझ अस्ट्रेलियाको ब्रिस्बेन शहरका लागि उडेको छ । काठमाडौंबाट साँझ ६ बजे उडेको यो जहाज मलेसियाको क्वाललम्पुरमा इन्धन भर्न अवतरण गर्नेछ ।

त्यहाँबाट ब्रिस्बेनतर्फ लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ । यो जहाजमा अस्ट्रेलिया र न्युजिल्यान्डका २५७ जना यात्रु रहेका छन् । जहाजमा ६ जना चालकसहित कुल २४ जनाको सञ्चालन टोली समेत उडेको छ ।

यो जहाज बिहिवार बेलुका १०:५५ मा काठमाडौं अवतरण गर्ने नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दीपु ज्वार्चनले जानकारी दिएका छन् ।

अस्ट्रेलियामा पहिलोपटक नेपाली जहाज ओर्लन लागेको हो । अस्ट्रेलियाबाट भने जहाज रित्तै आउँदैछ । अस्ट्रेलियाली सरकारले यो उडानको व्यवस्थापन मिलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment