Comments Add Comment

२६४ यात्रु बोकेर आज नेपाल एयरलाइन्स अस्ट्रेलिया उड्दै

१९ चैत, काठमाडौं । आज बुधबार नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ । बुधबार साझ ५:३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।

चीनको लागि नेपाल एयरलाइन्सको अर्को वाइडबडी जहाज बिहीवार  ग्वाङ्झाउ जाँदैछ । नेपालका निजी व्यवसायीले चीनबाट मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेका छन् । नेपालमा लकडाउन लम्बिएको र अन्तर्राष्ट्रिय उडान समेत १५ दिन ठप्प भएपछि विकसित मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment