Comments Add Comment

बालबच्चालाई मोबाइलको लत

एक सर्वेक्षण अनुसार आठदेखि १२ वर्षसम्मका उमेरका बालबालिका हरेक दिन करिब चार घण्टा ४० मिनेटसम्म इन्टरनेटमा समय बिताउने गर्छन् । किशोरहरुमा त यो लत झन् बढिरहेको छ । किशोरहरु प्रतिदिन सात घण्टा २२ मिनेटसम्म इन्टरनेटमा  समय बिताउँछन् ।

सर्वेक्षण अनुसार त्यसमा विद्यालय तथा होमवर्कको लागि इन्टरनेटमा बिताएको समय समावेश गरिएको छैन । त्यसकारण बालबालिकाहरु मानसिक रोगको शिकार पनि हुन थालेका छन् । इन्टरनेटको प्रयोग गर्नेमा शहरका बच्चाहरु धेरै अगाडि छन् । अधिकांश बालबालिका टेलिभिजन, स्मार्टफोन र अन्य ग्याजेटसँग लिप्त भइरहन्छन् । भिडियो हेर्नका लागि बालबालिकाले प्रतिदिन कम्तिमा एक घण्टा युट्युबको प्रयोग गर्छन् ।

यस्तै अर्को सर्वेक्षण अनुसार ८३ प्रतिशत आमा–बुबा आफ्ना बच्चाले प्रविधिको प्रयोग गर्न सिकुन् । तर, यसको लत नलागोस् भन्ने मान्यता राख्छन् । त्यस्तै १० मध्ये नौ प्रतिशत आमा–बुबा आफ्ना बच्चाले इन्टरनेटमा समय बिताउनुभन्दा मानिसहरुसँग भेटघाट र खेलकुदमा समय बिताउन् भन्ने चाहन्छन् ।

चिकित्सकहरुका अनुसार आफ्ना बालबालिकाहरुको हेरचाह र उनीहरुसँग समय बिताएर यस्तो लतलाई छुटाउन सकिन्छ । यदि यसले मानसिक रोगको रुप लिन थाल्यो भने चिकित्सकसँग उचित मरामर्श लिनु आवश्यक हुन्छ । बालबालिकालाई अन्य गतिविधिहरुमा सहभागी गरेर पनि यसबाट बचाउन सकिन्छ ।

कसरी छुटकारा दिलाउने त ?

बालबालिकालाई मोबाइल अथवा इन्टरनेटबाट टाढा राख्नको लागि आमा–बुबाले पनि यी कुराहरुबाट टाढा रहनुपर्छ । बालबालिकाले कतै बाहिरी खेलकुदमा सहभागी हुनुपर्छ । यसबाहेक आमा–बुबाले पनि बालबालिकाको अगाडि मोबाइलबाट टाढा रहनुपर्छ । बालबालिकाले आफ्ना अभिभावकहरुबाट सिक्ने भएकोले यो कुरालाई ध्यानमा राख्नुपर्छ ।

बालबालिकाको लागि समय निकाल्नुपर्छ

बालबालिकामा इन्टरनेटको लत छुटाउनका लागि आमा–बुबा र परिवारका अन्य सदस्यहरुको महत्वपूर्ण भुमिका हुन्छ । आमा बुबाले धार्मिक कथाहरु साथै पुराना कुराहरु सुनाएर उनीहरुको ध्यान मोबाइलबाट हटाउन सकिन्छ । परिवारका सदस्यहरुले उनीहरुलाई त्यस्ता कथाहरु सुनाउनुपर्छ, जसले केवल बालबालिकालाई प्रोत्साहित गर्ने मात्र नभएर सम्बन्धलाई पनि बलियो बनाउन सहयोग पुर्‍याओस्  ।

संगीत, नाटक, नृत्यलाई बढी प्राथमिकता

बालबालिकामा क्रिएटिभिटी बढाउनका लागि गीत, नृत्य र आर्ट जस्ता शोखलाई प्रोत्साहित गर्नुपर्छ । यसले बालबालिकालाई भावनात्मक रुपले विकसित गर्ने सबैभन्दा सशक्त माध्यम बनाउन सक्नुहुन्छ । यसो गर्दा बालबालिकामा कल्पनाशीलता र रचनात्मकता बढ्छ ।

बाहिरी खेलकुदमा जोड

मोबाइलबाट बालबालिकालाई टाढा राख्नको लागि बाहिरी खेलकुदले सहयोग पुर्‍याउँछ । बालबालिकालाई ट्रेकिङ, लामो पैदल यात्रा, नयाँ खेल र अन्य गतिविधिहरुमा सहभागी हुन प्रोत्साहित गर्नुपर्छ । घरबाट टाढा क्याम्पमा जानाले बालबालिकाको दिमाग र शरीरमा सकारात्मक असरपर्छ । बालबालिकामा खेलकुदको गहिरो प्रभाव पर्छ । उनीहरुलाई फुटबल, क्रिकेट, बास्केटबल, साइकल जस्ता खेलहरुका लागि उत्साहित गर्नुपर्छ ।

चित्रकलामा सहभागी गराउनुपर्छ

बालबालिका र किशोरहरुको दिमाग धेरै कोमल हुन्छ । उनीहरुमा राम्रा– नराम्रो कुराहरु छिट्टै टिप्ने अथवा अपनाउने क्षमता हुन्छ । त्यसैले उनीहरुलाई समय–समयमा चित्रकला, हस्तकलाको लागि उत्साहित गर्नुपर्छ । यसोगर्दा बालबालिकाहरुले मोबाइल चलाउन कम गरेर केही रचनात्मक कार्य गर्ने कोसिस गर्छन् । यसले उनीहरुमा एउटा नयाँ दृष्टिकोण विकसित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment