
१९ चैत, काठमाडौं । लकडाउनका कारण नेपालमै अलपत्र परेका अष्ट्रेलियाका पर्यटक बुधबार घर जान पाएका छन् । बुधबार दुई सय ६४ जना अष्ट्रेलियाली पर्यटक लिएर नेपाल एयरलाइन्सको विमान ब्रिसबेन जानेछ ।
नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।
स्वदेश फर्किन पाउँदा अष्ट्रेलियाली नागरिक खुशी देखिन्थे । कोरोना भाइरस संक्रमणप्रति सचेत उनीहरु विमानस्थलमा मास्क लगाएर उपस्थित थिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4