Comments Add Comment

कोरोना रोकथामका लागि इन्सेकका कर्मचारीको १० लाख सहयोग

२१ चैत्र, हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख चार हजार ६५४ रुपैयाँ सहयोग गर्ने भएको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले विज्ञप्ति जारी गर्दै कोषमा १० लाख सहयोग गर्ने जानकारी गराएकी हुन् ।

इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्लामा कार्यरत जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूको सात दिनको तलबवापतको रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा इन्सेकको सानो सहयोगले केही सघाउ पुग्ने हामीले अपेक्षा गरेका छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment