+
+
Shares

कुवेतमा कोरोनाभाइरसबाट पहिलो मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते १७:१६

२२ चैत, काठमाडौं । हजारौं नेपाली युवाको आश्रयस्थल कुवेतमा कोरोनाभाइरस सङ्क्रमणबाट शनिबार एक व्यक्तिको मृत्यु भएको छ ।

त्यहाँको सरकारी समाचार संस्था कुवेत न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल सनदलाई उद्धृत गर्दै समाचार पुष्टि गरेको छ ।

कुवेतमा विगत २४ घण्टामा ६२ जना थप व्यक्तिमा सङ्क्रमण देखिएको छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४७९ पुगेको छ ।

यसैबीच, थप ११ जना व्यक्तिमा कोभिड–१९ निको भएको त्यहाँका स्वास्थ्यमन्त्री बसेल अल सबाले बताएको एजेन्सीले जनाएको छ । कुवेतमा ९३ सङ्क्रमित निको भइसकेको सरकारी आँकडा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?