Comments Add Comment

प्रदेश २ को कोरोना उपचार कोषलाई कांग्रेसको ४० लाख ७५ हजार

२४ चैत, जनकपुरधाम । प्रदेश २ को सरकारले स्थापना गरेको कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषलाई नेपाली कांग्रेसले रु ४० लाख ७५ हजार प्रदान गरेको छ ।

कांग्रेस प्रदेश २ समितिले त्यहाँको प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ४० लाख ७५ हजार रूपैयाँ जम्मा गरेको हो ।

कोषमा रकम सहयोगका लागि प्रदेश २ समितिअन्तर्गतका ८ जिल्लाका समितिले सहयोग गरेको बताइएको छ ।

सहयाेग रकम हस्तान्तरण गर्न कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवलगायत उपस्थित थिए ।

यसैबीच, प्रदेश २ ले स्थापना गरेको उक्त कोषलाई सोमबार नै लक्ष्मी बैंकले रु १० लाख र सिभिल बैंकले रु पाँच लाख प्रदान गरेको छ । ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कोषमा अहिलेसम्ममा रु एक करोड छ लाख ७५ हजार जम्मा भइसकेको प्रदेश २ सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment