Comments Add Comment

स्वास्थ्य स्वयंसेविकालाई सरकारले १५ सय प्रोत्साहन भत्ता दिने

२४ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथामका लागि परिचालित हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप एक पटकका लागि १५ सय रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य स्वयंसेविकाहरुलाई १५ सय प्रोत्साहन भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको थियो ।

स्वयंसेविकाहरुलाई मानिसहरु क्वारेन्टाइनमा बसे/नबसेको हेर्नेलगायतका काममा परिचालन गरिने छ । सरकारले क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना नदेखिए घर जान दिने, तर थप सात दिनसम्म घरभित्रै बस्न अनिवार्य गरेको छ ।

यो पनि पढ्नुहोस महिला स्वयंसेविका : बाहिर हाँसो, भित्र पीडा

सोमबार मन्त्रिपरिषद बैठकपछि मन्त्री खतिवडाले भने, ‘स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथाममा परिचालन गर्न, क्वारेन्टाइनमा नागरिकहरु बसे/नबसेको हेर्न र अरु स्वास्थ्य सेवाको काममा उत्प्रेरित गर्नका लागि एक पटकको लागि प्रतिव्यक्ति १५ सय प्रोत्साहनस्वरुप दिने निर्णय भएको छ ।’

सोमबारको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी अस्पतालका डाक्टरहरुलाई सरकारी डाक्टरसरह सेवा सुविधा दिने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment