+
+
Shares

सिटिजन्स बैंक र नियो भर्सबीच छुट सम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंक र ललितपुरको नियो भर्सबीच बैंकका ग्राहकलाई इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।
  • बैंकले नगद कारोबार घटाएर डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त समझदारी गरेको जानकारी गराएको छ।
  • बैंकले हालै नवयुवा तथा फ्रिलान्सर लक्षित बचत खाता र एकीकृत अनलाइन प्लेटफर्म डीजी बैंक सेवा सञ्चालनमा ल्याएको छ।

८ साउन, ललितपुर । सिटिजन्स बैंक र झम्सीखेलस्थित नियो भर्स (नेओटेरिक नेपाल)बीच छुट सम्बन्धी सम्झौता भएको छ । समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नियो भर्सका विभिन्न इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ जान प्रोत्साहन मिल्ने बैंकको भनाइ छ ।

डिजिटल बैंकिङ प्रयोगलाई बढाउन तथा ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा बैंकले ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा राखिएको छ ।

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट र डीजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष फ्रिलान्सर सेभिङ्ज अकाउन्ट नामक नयाँ बचत खाता सुरु गरेको छ । बैंकका देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?