+
+
Shares

काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
  • स्थायी लेखा नम्बर बन्द गर्ने सिफारिसका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा उनलाई रङ्गेहात नियन्त्रणमा लिइएको हो।
  • अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका अधिकृत भट्टराईमाथि थप अनुसन्धान भइरहेको छ।

८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?