+
+
Shares

कोकिनसहित २ विदेशी नागरिक ठमेलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ४ किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा ६२ वर्षीया कोलम्बियन नागरिक योन्थ ग्राजोन क्यासिडो र ३७ वर्षीया भारतीय नागरिक रेबिका पुली रहेका छन्।
  • कोलम्बियाबाट कतार हुँदै आएकी क्यासिडोको साथबाट उक्त कोकिन बरामद भएको हो र कोकिन लिन पुली होटलमा पुगेकी थिइन्।

४ साउन, काठमाडौं । लागु औषध कोकिनसहित दुई विदेशी नागरिक ठमेलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोलम्बियन नागरिक ६२ वर्षीया योन्थ ग्राजोन क्यासिडो र भारतीय नागरिक ३७ वर्षीया रेबिका पुली छन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ४ किलो २५८ ग्राम कोकिनसहित पक्राउ गरेको हो ।

कतार एवर वेजको उडान नम्बर क्युआर ६४६ द्धारा कोलम्बियाबाट दोहा हुँदै आएकी क्यासिडो ठमेलको एक होटलमा पुगेकी थिइन् । उक्त होटलमा उनले राखेको सुटकेशबाट ब्यूरोले उक्त कोकिन बरामद गरेको हो । उक्त कोकिन लिन भारतीय महिला पनि उक्त होटलमा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?