+
+
Shares

घरमा ग्रिल लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर २० वर्षीय मुक्तिप्रसाद पराजुलीको मृत्यु भएको छ ।
  • सुनवल नगरपालिका-११ मा काम गरिरहेका बेला गम्भीर घाइते भएका पराजुलीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा निधन भएको हो ।
  • घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

४ साउन, नवलपरासी पश्‍चिम । नवलपरासी पश्‍चिमको सुनवल नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुनवल नगरपालिका-१२ का २० वर्षीय मुक्तिप्रसाद पराजुलीको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

सोही नगरपालिका-११ जर्गाहस्थित दिलमाया सुनारको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उनको देवदह मेडिकल कलेज भलुही रूपन्देही उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?