सप्तरी १६ जेठ । सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका-१ कोशी बाँध नजिक खेतमा शनिबार एक किसानको करेन्ट लागेर मृत्यु भएको छ ।
५५ वर्षीय सहदेव लौगीको करेन्ट लागेर मृत्यु भएको हो ।
कोशी बाँधबाट डेढ किलाेमिटर पूर्वमा रहेको स्थानीय तिरपित नारायण झाको खेतमा बिहान साढे ६ बजेको समयमा पानि तान्ने मोटर लगाउने क्रममा अचानक मोटरबाट करेन्ट लागेर लौगीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक लौगीको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4