+
+
Shares

कैलाली र रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते ७:५०
सांकेतिक फोटो

१९ जेठ, काठमाडौं । कैलाली र रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

कैलालीमा लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको र रोल्पामा माडी गाउँपालिका–२ घर्तिगाउँका ३९ वर्षीय हरि बहादुर घर्तीमगरको करेन्ट लागेर मृत्यु भएको हो ।

भुललाई तराइला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो । उनको भल्का अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी रोल्पाका घर्तीमगरको माडी गाउँपालिका–४ तार्केबाङस्थित स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?