News Summary
Generated by OK AI. Editorially reviewed.- मारुती सिमेन्ट्सले सामाजिक उत्तरदायित्व अन्तर्गत जयन्ती मेमोरियल ट्रस्टलाई देशभर सीपीआर तालिम सञ्चालनका लागि आवश्यक म्यानिकिन हस्तान्तरण गरेको छ।
- युवापुस्तामा बढ्दो हृदयसम्बन्धी आकस्मिक समस्यालाई ध्यानमा राख्दै कम्पनीले उक्त तालिम अभियानमा सहकार्य गरेको हो।
- ट्रस्टका अनुसार आम नागरिकलाई सीपीआरसम्बन्धी सीप प्रदान गर्दा हृदयाघातजस्ता आपत्कालीन अवस्थामा बिरामीको ज्यान बचाउन ठूलो योगदान पुग्नेछ।
८ साउन, काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जयन्ती मेमोरियल ट्रस्टलाई देशभर सञ्चालन गरिने सीपीआर कार्यक्रमका लागि आवश्यक सीपीआर म्यानिकिन हस्तान्तरण गरेको छ।
हालका वर्षहरूमा विशेषगरी युवापुस्तामा अस्वस्थ जीवनशैली, बढ्दो तनाव तथा हृदयसम्बन्धी आकस्मिक समस्याका घटना बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सीपीआर तालिमको आवश्यकता बढेको कम्पनीले जनाएको छ।
सोही आवश्यकतालाई सम्बोधन गर्न मारुती सिमेन्ट्सले जयन्ती मेमोरियल ट्रस्टसँग सहकार्य गर्दै देशव्यापी रूपमा सीपीआर तालिम सञ्चालन गर्ने उद्देश्यले आवश्यक म्यानिकिन उपलब्ध गराएको हो।
म्यानिकिन हस्तान्तरण कार्यक्रममा मारुती सिमेन्ट्स लिमिटेड र जयन्ती मेमोरियल ट्रस्टका सञ्चालक तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कम्पनीले यस अभियानमार्फत समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई व्यवहारमा उतार्ने प्रयास गरिएको जनाएको छ।
जयन्ती मेमोरियल ट्रस्टले प्राप्त सहयोगले देशभर प्रभावकारी रूपमा सीपीआर तालिम सञ्चालन गर्न थप सहज हुने विश्वास व्यक्त गरेको छ।
ट्रस्टका अनुसार आम नागरिकलाई समयमै सीपीआरसम्बन्धी सीप प्रदान गर्न सकिए आकस्मिक हृदयाघात वा अन्य आपत्कालीन अवस्थाका बिरामीको ज्यान बचाउन महत्वपूर्ण योगदान पुग्नेछ।
मारुती सिमेन्ट्सले आगामी दिनमा पनि समाजहितका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया 4