+
+
Shares

बागमती करिडोरको हरियाली (ड्रोन भ्यू)

ड्रोनमार्फत थापाथली पुलदेखि  तिलगंगासम्मको बागमती करिडोरका दृश्यहरू नियाल्दा निकै हरियाली र मनमोहक देखिएका छन् ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ साउन ८ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको वर्षापछि काठमाडौं उपत्यकाको आकाश आज केही खुलेको छ भने बागमती नदीमा जल सतहमा सामान्य वृद्धि देखिएको छ।
  • सुकुमवासी बस्तीहरू हटाइएका कारण थापाथलीदेखि तिलगंगासम्मको बागमती करिडोरको दुवै किनारा अहिले खुला र सफा देखिएका छन्।
  • नदी किनारमा विकसित हरियाली पार्कहरूले काठमाडौं उपत्यकाको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक र जीवन्त बनाइदिएका छन्।

८ साउन, काठमाडौं । लगातारको वर्षाका कारण धुमिल भएको काठमाडौं उपत्यकाको आकाश आज केही खुलेको छ ।

निरन्तरको वर्षाका कारण बागमती नदीमा जल सतह केही बढेको छ भने नदी धमिलो भएर बगिरहेको छ ।

नदी आफ्नै तालमा एक नास बगिरहे पनि नदीको दुवै किनारा हरियाली देखिएका छन् । बागमती करिडोरका दुवै तिर ठाउँठाउँमा देखिन हरियाली पार्कले काठमाडौं उपत्यकाको सौन्दर्यलाई थप आकर्षित बनाइदिएको छ ।

सुकुमवासी बस्तीहरू खाली गरिएपछि बागमती करिडोरका दुवै किनारा पनि खुला देखिएका छन् ।

ड्रोनमार्फत थापाथली पुलदेखि  तिलगंगासम्मको बागमती करिडोरका दृश्यहरू नियाल्दा निकै हरियाली र मनमोहक देखिएका छन् ।

शहरको बीच भाग भएर बग्ने बागमती नदी किनाराको दुवै तर्फको हरियाली वातावरणले काठमाडौं उपत्यकालाई जीवन्त दिइरहेको स्पष्ट भान हुन्छ ।

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?