+
+
Shares

छाउपडीको मर्मस्पर्शी कथामा ‘हली’ को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिनावारी र छाउपडी कुप्रथामा आधारित फिल्म ‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ ।
  • निर्माता पूजा गुरुङले देश परिवर्तन गर्न एउटा हली नै पर्याप्त हुने धारणा व्यक्त गरिन् ।
  • निर्देशक ओम प्रतिकले सामाजिक चेतना फराकिलो बनाउने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘हली’को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मको मर्मस्पर्शी ट्रेलर प्रस्तुत गरे ।

ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पार्छ । महिनावारी हुँदा किशोरीलाई विद्यालय पठाउनु हुँदैन भन्ने भ्रमको कथावस्तु यसमा रहेको बुझ्न सकिन्छ ।

छाउपडी प्रथामा २१ दिनसम्म बुवा र छोरा मान्छेको अनुहार हेर्न हुँदैन भन्ने कुसंस्कारको कथा पनि यहाँ छ । निर्माता पूजा गुरुङले वास्तविक कथावस्तुमा फिल्म बनेको बताइन् ।

एउटा हलीले देशको मुहार बदल्न सक्छ भन्ने सन्देशसहित फिल्म बनेको उनले बताइन् । उनले भनिन्, ‘देश परिवर्तन गर्नका लागि काफी छ है । यहाँ नेताले भाषण गर्दैमा मात्रै देश परिवर्तन हुदैन ।’

निर्देशक ओम प्रतिकले चेतनालाई फराकिलो बनाइयो भने पढाइमा पिएचडी गर्नु नपर्ने बताए । भन्छन्, ‘पश्चिम क्षेत्रमा महिनावारी हुँदा पहिलो पटक छाउप्रथामा राख्ने गरिने रै’छ । त्यही यथार्थ कथामा यो फिल्म निर्माण गरेका हौँ । चेतनालाई फराकिलो रुपले हेरियो भने पढाइमा पिएचडी गर्नै पर्दैन ।’

फिल्मको निर्माणमा पूजा गुरुङ र जस्मिन श्रेष्ठले सहकार्य गरेका छन् । प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय छ ।

२२ साउनदेखि फिल्म प्रदर्शन तयारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?