News Summary
Generated by OK AI. Editorially reviewed.- २२ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर युट्युबमा सार्वजनिक भएको छ ।
- यो फिल्मले महिनावारी हुँदा छाउगोठमा राख्ने कुप्रथा र त्यसले परिवारमा पार्ने प्रभावको कथा प्रस्तुत गरेको छ ।
- ओम प्रतीकको निर्देशन रहेको यस फिल्ममा सरोज खनाल, अरुणा कार्की र निर्देशक प्रतीककै मुख्य अभिनय रहेको छ ।
काठमाडौँ । २२ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
घरकी छोरीलाई महिनावारी हुँदा छाउगोठमा राखेपछि परिवार तथा बुबाको समेत मुख हेर्न हुन्न भन्ने कुपथ्रालाई फिल्मले कथाको रुप दिएको छ । नारीप्रधान यो फिल्मलाई ओम प्रतीकले निर्देशन गरेका हुन् ।
शीर्ष भूमिकामा निर्देशक समेत रहेका प्रतीकले अभिनय गरेका छन् । फिल्ममा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको पनि अभिनय छ ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा भएको यसमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको हुन् ।
कार्यकारी निर्मातामा अर्जुन भुसाल, सह-निर्मातामा नम्रता भण्डारी, लाइन प्रोड्यूसरमा लक्ष्मण कर्मचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम छन् । फिल्मको प्रवर्धनको लागि विदेशमा रहेकी अभिनेत्री सुजाता थापा नेपाल आइसकेकी छन् ।
प्रतिक्रिया 4