+
+
Shares

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति

इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते २०:३१

५ असार, काठमाडौं । इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ । अमेरिकाका एक वरिष्ठ अधिकारीलाई उधृत गर्दै बीबीसीले युद्धविराम सहमति बनेको समाचार प्रकाशित गरेको छ ।

यो सम्झौता स्थानीय समयअनुसार शुक्रबार साँझ ४ बजेबाट लागु हुने समाचारमा उल्लेख छ ।

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले एक वक्तव्यमार्फत युद्धविरामबारे जानकारी दिएका छन् ।

‘हामी युद्धविरामको स्थितिमा छौं । यदि जरुरी पर्‍यो भने इजरायल फेरि लडाइँ जारी राख्नका लागि तयार छ,’ उनले भनेका छन् ।

यसअघि बिहीबार रातभर इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा विभिन्न ठाउँमा बमबारी गरेको थियो । जसबाट दक्षिणी लेबनानमा १८ मानिस मारिएका थिए ।

सोही क्रममा आफ्ना ४ सैनिक मारिएको इजरायलको दाबी छ ।

उता, यो युद्धको प्रभाव अमेरिका र इरानबीचको शान्ति सम्झौतामा परिरहेको छ ।

अमेरिका र इरानबीच युद्ध रोकेर शान्ति सम्झौता गर्ने विषयमा सहमति जुटिसकेको छ । आज स्वीट्जरल्यान्डमा दुई देशबीच आधिकारिक वार्ता र सम्झौता गर्ने मिति तय भएको थियो । तर, इजरायलले बिहीबार राति लेबनानमा हमला गरेपछि समस्या उत्पन्न भएको थियो । अमेरिका र इरानबीचको सम्झौतामा इरानले लेबनानको युद्धलाई पनि त्यसभित्र समेट्न चर्को अडान लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?