+
+
Shares

क्वारेन्टाइनबाट निस्किएपछि ७ दिन होम क्वारेन्टाइन अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते १७:५९

२४ चैत, काठमाडौं । सरकारले क्वारेन्टाइनमा बसेकाहरुलाई ७ दिन होम क्वारेन्टाइन अनिवार्य गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बेठकले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थामा परिर्माजन गर्ने निर्णय गरेको हो ।

यसअनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि र्‍यापिड डायग्नोस्टिक टेष्ट विधिबाट परीक्षण गरिनेछ । यसमा नेगेटिभ आएपछि घर जान दिइनेछ, तर सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । यसको सम्बन्धीत स्थानीय तहले अनुगमन गर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा ९ हजार १६८ जना छन् ।

मानिसहरु क्वारेन्टाइनमा बसे/नबसेको हेर्नेलगायतका काममा स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिने छ । यसरी परिचालित हुने स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप एक पटकका लागि १५ सय रुपैयाँ दिने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?