+
+
Shares

नामकै आधारमा दिल्ली विमानस्थलमा ममाथि केरकार गरियो : नाजिर हुसेन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता नाजिर हुसेनले आफ्नो नामका कारण दिल्ली विमानस्थलमा दोस्रोपटक सुरक्षाकर्मीबाट केरकारमा परेको घटना सार्वजनिक गरेका छन् ।
  • फिल्म प्रदर्शनका लागि दिल्ली गएका उनलाई विमानस्थलका सुरक्षाकर्मीले विशेष कक्षमा लगेर नेपाल जाने कारण र मुद्राका विषयमा प्रश्न गरेका थिए ।
  • नाजिरले सामाजिक सञ्जालमार्फत आफ्नो नामका आधारमा हुने गरेको यस्तो व्यवहार गलत भएको भन्दै स्पष्टीकरण माग गरेका छन् ।

काठमाडौं । अभिनेता नाजिर हुसेनले नामकै आधारमा आफूलाई दिल्ली विमानस्थलमा दोस्रोपटक केरकार गरिएको घटना सार्वजनिक गरेका छन् ।

आफू अभिनित फिल्म ‘गुन्यु चोलो’को प्रदर्शन सकेर काठमाडौं फर्किने बेलामा दिल्ली विमानस्थलमा सुुरक्षाकर्मीले विशेष कक्षमा लगेर केरकार गरिएको जनाएका हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा फिल्म देखाउन नाजिरसहित निर्देशक समुन्द्र भट्ट त्यहाँ गएका थिए । भट्टलाई भने विमानस्थलका सुरक्षाकर्मीले केही पनि सोधपुछ नगरेको नाजिरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

आफूलाई नेपालमा किन जान लागेको, दिल्लीमा किन आएको र भारतीय मुद्रा छ कि छैन भन्ने लगायतका प्रश्न सुरक्षाकर्मीले गरेको नाजिरले जनाएका छन् ।

नेपाल एयरलाइन्सको जहाजको टिभीमा गुगल म्यापले लुम्बिनी देखाउँदा भने आफू ढुक्क भएको अनुभव नाजिरले सुनाएका छन् । यस्तो घटना दोस्रोपटक भएको खुलासा पनि उनले गरेका छन् ।

‘मेरो नामको कारणले म हरेक पटक रोकिन्छु । अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो’ नाजिरले लेखेका छन्, ‘यदि होइन भने, मैले कारण थाहा पाउनुपर्छ ।’

‘पहिलोपटक यसरी नै सोधपुछ गर्दा ठिकै जस्तो लागेको थियो । तर, दोस्रोपटक ठीक लागेको छैन’ नाजिरले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?