+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

महिला स्वयंसेविका : बाहिर हाँसो, भित्र पीडा

अवकाश पाउँदा रित्तोहात

हरि अधिकारी हरि अधिकारी
२०७५ फागुन ८ गते १९:००

८ फागुन, विराटनगर । कटहरी गाउँपालिका– ५ कि कविता विकले महिला स्वयंसेविकाको काम गर्न थालेको २६ बर्ष भयो । ६० बर्ष पुग्न लागेकी उनले कामबाट बिदा लिनुपर्ने समय आउँदैछ ।

नेपाल सरकारको सामान्य सहयोगी कर्मचारीले पनि अवकाश पाउदा तह अनुसार एकमुष्ट उपदान पाउँछ । तर विकले अवकाश पाउदा रित्तो हात फर्कनुपर्छ । कवितामात्रै होइन बर्षाैदेखि स्वयंसेविकाको रुपमा काम गरेका महिला स्वयंसेविका कसैले पनिसरकारबाट सुविधा पाउँदैनन् ।

‘आधा जिन्दगी यसैमा सकियो ।’ उनी भन्छिन् ‘अब घर जाँदा खालीहात जानुपर्ने रे ।’ केही महिना अघि उनीसँगै काम गरेकी एक महिलाले उमेरहदका कारण अवकाश पाइन् ।

अवकाश पाउदा ती महिलाले स्वास्थ्य चौकीमा नमस्कार बाहेक अन्य केही पाइनन् । सँगै काम गरेकी महिलाको पीडा देखेकी बिक रित्तो हात फर्कनुपर्दा बुढेसकाल कसरी कटाउने भन्ने पीडाले सताएको बताउँछिन् । २५ बर्षभन्दा बढी सेवा गर्दा त सरकारले केही दिन्छ कि भन्ने उनमा आश छ ।

गाउँ गाउँ पुगेर स्वास्थ्य सचेतना फैल्याउने महिला स्वयंसेविकालाई राज्यले दोस्रो दर्जाको कर्मचारीको रुपमा हेरेको कटहरी ४ कि स्वयंसेविका मनिता कामत बताउँछिन् ।

आजीवन सेवा गरेपनि बुढेसकालमा रित्तो हात फर्कनुपर्ने अवस्था रहेको चन्द्रकला खतिवडाको गुनासो छ । ‘उमेर छउन्जेल काम गर्छाै बुढेसकालमा रित्तो हात फर्कनु पर्छ’ उनी भन्छिन ‘सरकारले हाम्रा लागि केही सोचिदियोस् ।’

उर्जाशील उमेरमा गाउँ–गाउँ हिँडेर स्वास्थ्य शिक्षा प्रदान गर्ने स्वयंसेविका सेवापछिको जीवनलाई लिएर चिन्तित छन् । गाउँमा हँसिलो मुहारका साथ जनचेतना फैल्याउदै हिँड्ने स्वयं सेविका भित्री हृदय भने पीडादायी छ । खतिवडा भित्री मनमा पीडा भए पनि बाहिर हाँसेरै गाउँ गाउँ पुग्नुपर्ने बताउँछिन् ।

मातृ–शिशु मृत्यु दर पनि घटेको तथ्याङ्कले देखाउँछ । सन् २०१६ भएको स्वास्थ्य सर्बेक्षणले देशभर ५७ प्रतिशत प्रसुति अस्पतालमा नै हुन्छ । मातृ–शिशु मृत्युदरको संख्यामा पनि कमी आएको छ ।

सर्वेक्षणले नेपालमा पर १ लाखमा २३९ मातृमृत्युदर देखाएको थियो । केही बर्षअघि सम्म यो संख्या एक लाखमा ५३९ थियो । मातृ मृत्युदर घटाउन ग्रामिण तहमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका पनि महत्वपूर्ण रहेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह बताउँछन् ।

‘मातृशिशु मृत्युदर घटाउन हामी स्वयंसेविकाको पनि भूमिका छ’ कविता बिक भन्छिन् ‘हाम्रो कारण सरकारको उदेश्य पुरा भएको छ ।’ राज्यले कुनै योजना ल्याए बुढेसकाल सहज रुपमा बित्ने उनको अपेक्षा छ ।

कुरा उठाउने सांसदको आश्वासन

महिला स्वास्थ्य स्वयंसेविकाहरुको समस्या जटिल रहेको प्रतिनिधिसभा सदस्य संसद अमनलाल मोदी बताउँछन् । स्वयंसेविकाहरुको अवकाशपछिको जीवनलाई सहज बनाउन राज्यले प्याकेजमा समस्या सामधान गर्नुपर्ने बताउँछन् ।

‘स्वयंसेविकाहरुहरुको चिन्ता जायज छ’ मोदी भन्छन ‘म संसदमा यो मुद्दा उठाउँछु ।’ आजीवन सेवा गरेका स्वयंसेविकालाई रित्तो हात बिदा गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनी बताउँछन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?