Comments Add Comment

लकडाउनमा रेडियोबाट एसईईको तयारी कक्षा

२४ चैत, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको महामारीका वेला हेटौंडामा रेडियोबाटै एसईई परीक्षाको तयारी सुरु भएको छ ।

स्थानीय रेडियो बुलेटिन एफएम ८९.७ मेगाहर्जले एसईई दिने परीक्षार्थीलाई लक्षित गरेर तयारी कक्षा दिन थालेको हो ।

प्रबन्ध निर्देशक अनिल खातीका अनुसार एसईई परीक्षा दिने विद्यार्थीका लागि दैनिक दुई घन्टा तयारी कक्षा दिइरहेको छ ।

‘अहिले विज्ञानसहित अनिवार्य र ऐच्छिक गणित विषयको तयारी कक्षा सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘गणित विषय चाहिँ बुझाउन समस्या हुने भएकाले फेसबुक लाइभ गराएर पनि सिकाउने प्रयास गरिरहेका छौं ।’

स्थानीय शिक्षकको सहयोग लिएर केही दिनभित्रै अंग्रेजी विषयको तयारी कक्षा पनि सुरु गर्ने योजना बनाइएको खातीले जनाए । अंग्रेजीको कक्षा सुरु भए दैनिक तीन घन्टा कक्षा लिइने उनले बताए ।

यस वर्षको एसईई परीक्षा चैत ६ गतेबाट हुने भनिए पनि कारोना भाइरसका कारण स्थगित भएको थियो । परीक्षाको नयाँ मिति सार्वजनिक भइसकेको छैन । यद्यपि, लकडाउन खुलेलगत्तै परीक्षा हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment