Comments Add Comment

निर्माणाधीन पुलको काम रोकिरहे वर्षामा करोडौं क्षति

२४ चैत, काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारलाई पुल निर्माण र नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाहरुको निर्माण जारी राख्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

पुल निर्माणको काम गरिरहेका ठेकेदारले यही सिजनमा काम नगरे वर्षामा ठूलो क्षति हुने खतरा रहेकाले लकडाउनका कारण काम नरोकिने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

लकडाउनका कारण अहिले धेरैजसो विकास आयोजनाहरु ठप्प छन् । विकासे काम गर्ने मुख्य सिजनमै कोरोनाले प्रभाव पारेपछि धेरै आयोजनाहरु बीचमै रोकिएका छन् । कामदारहरु साइट छाडेर घर फर्किएका छन् ।

यस्तो अवस्थामा कतिपय महत्वपूर्ण विकास आयोजनाहरु बीचमै काम छाड्दा वर्षाको भेलको चपेटामा पर्ने खतरा छ । विभिन्न सडकखण्डका पुल पनि बन्दाबन्दै अलपत्र भएका छन् । अहिलेसम्म बनेका पुल र ड्याम लगायतका संरचना पनि वर्षामा बगाएर लैजाने खतरा रहेको व्यवसायीको दावी छ । त्यसैले त्यस्तो खतरा टार्न अहिले संवेदनशील आयोजनाको काम रोक्न नहुने उनीहरुको तर्क छ ।

नेपाल निर्माण व्यवसायी महासंघले पनि हिउँदमा नै काम गर्नुपर्ने संवेदनशील र जटिल कामहरु गर्न आवश्यक वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले पुल र नदी नियन्त्रणको काम वर्षा अगावै सक्नुपर्ने भएकाले सहजीकरण गर्ना सरकारको ध्यानाकर्षण गराएको छ ।

व्यवसायीले धेरै पुल निर्माणका लागि अर्बौं लगानी गरी निर्माणस्थलमा सिमेन्ट, छड, ढुंगा, बालुवा, तार, फर्मा लगायत अत्यावश्यक सामग्रीहरु लगिसकेको र कतिपयमा ढलान गर्न फर्मा राखेर रड बाँधिसकेकाले प्रिस्ट्रेस प्रविधिका पुलका लागि टेन्डम तार समेत बाँधिसकेको महासंघले जनाएको छ ।

ढलान हाल्ने र तार तान्ने काम वषर्ा अगावै नसके व्यवसायीको करोडौं लगानी डुब्ने दावी महासंघको छ । यस्ता परियोजनामा सीमित श्रमिक हुने र सामाजिक दूरी समेत कायम राखेर काम गर्न सकिने अवस्था रहेकाले स्थानीय प्रशासनमार्पत काम गर्ने बाटो खुला गरिदिन महासंघले आग्रह गरेको छ ।

श्रमिक आवतजात गर्न र यस्तो परियोजना निर्माणका लागि आवश्यक यन्त्र उपरकण र सामग्री ढुवानी गर्न दिने गरी व्यवस्था गर्न महासंघले सरकारलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment