+
+
Shares

कोरोना कोषलाई शाइन रेसुंगा बैंकद्वारा साढे २५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते १९:०६

२४ चैत, बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयां प्रदान गरेको छ ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, बैंकका पूर्वअध्यक्ष थानेश्वर पौडेल, सञ्चालक डा. ताराप्रसाद उपाध्याय र मोहन चापागाईले मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् ।

चेक हस्तान्तरणका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र संक्रमतिको उपचार सरकार एक्लैले गर्न नसक्ने हुंदा निजी क्षेत्रको साथ र सहयोगको खाँचो रहेको बताए ।

प्रदेश ५ सरकारले १० करोड रुपैयाँ जम्मा गरेर स्थापना गरेको कोरोना कोषमा निजी क्षेत्रबाट हालसम्म सबैभन्दा धेरै रकम दिने संस्थामा शाइन रेसुंगा बैंक रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?