Comments Add Comment

प्रदेश १ मा ४३८ आइसोलेसन र ४४ आईसीयू तयार

२४ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि चार सय ३८ आइसोलेसन, पाँच हजार ३७ क्वारेन्टाइन र ४४ बेड आईसीयू तयार पारेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइनमा ४४ महिला र पाँच सय ६६ पुरुषसहित जम्मा छ सय १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा पाँच सय ३८ महिला र दुई हजार ३ सय ९ पुरुष गरी जम्मा दुई हजार आठ सय ४७ जना छन् ।

प्रदेश १ मा कोरोना संक्रमणको आशंकामा आइसोलेसन भर्ना भएकामध्ये पाँच महिला र छ पुरुष गरी ११ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ । तीमध्ये ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकीको रिपोर्ट आउन बाँकी छ ।

स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिपोर्ट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमुना धरान पठाइएको छ ।

प्रदेश १ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ ।

कोषमा ११ करोड ६५ लाख जुट्यो

यसैबीच, प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल ११ करोड ६५ लाख ११ हजार आठ सय ३१ रुपैयाँ जम्मा भएको छ । कोषमा सोमबार थप पाँच लाख ९२ हजार सात सय ४२ रुपैयाँ प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोष स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment