+
+
Shares

संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन प्रचण्डको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते ११:३१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुगेको अवस्थामा दिदीबहिनी र आमालाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन आग्रह गरेका छन्।
  • उनले पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत र पुनर्स्थापनामा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्।
  • प्रचण्डले संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदल्न समेत आग्रह गरेका छन्।

२९ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिदीबहिनी तथा आमाहरूलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज पर्व मनाउन आग्रह गरेका छन् ।

हरितालिका तीज पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘आज हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज । यस वर्ष भोटेकोशीमा आएको प्रलयकारी बाढीले ठूलो जनधनको क्षति र विनाश निम्त्याएको दुःखद घडीमा विगतका वर्षझैँ उल्लासका साथ तीज मनाउने अवस्था छैन । त्यसैले सम्पूर्ण दिदीबहिनी तथा आमाहरूलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन हार्दिक आग्रह गर्दछु ।’

दुःखमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै पीडितको उद्धार, राहत र पुनर्स्थापनामा आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह गरेका छन् ।

संयोजक प्रचण्डले संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदल्न समेत आग्रह गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?