+
+
Shares

२४ भदौ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १०:०५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा दमन, हिंसा, लुटपाट र विध्वंशबारे निष्पक्ष छानबिन माग गरेका छन्।
  • उनले आन्दोलनको मूल भावना र त्यसपछि भएका हिंसात्मक घटनालाई एउटै दृष्टिले नहेर्न आग्रह गरेका छन्।
  • प्रचण्डले २४ भदौमा सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा भएको आगजनी तथा तोडफोडलाई ‘कालो दिन’ भनेका छन्।

२४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंशबारे निष्पक्ष, स्वतन्त्र तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो माग गरेका हुन् ।

संयोजक प्रचण्डले आन्दोलनको मूल भावना र त्यसपछि भएको हिंसात्मक घटनालाई एउटै दृष्टिले हेर्न नहुने बताएका छन् । युवाको जायज असन्तुष्टिलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य भएको उनको दाबी छ।

उनले २४ भदौमा सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय तथा सरकारी, प्रहरी, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?