प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको महाकाली नदीमा गाई तार्ने क्रममा दोधाराचाँदनी नगरपालिका–४ का ५० वर्षीय जित दमाई बगेर बेपत्ता भएका छन् ।
- जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान साढे ९ बजेतिर बेपत्ता भएका दमाईको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।
- प्रहरीले अहिलेसम्म जित दमाईको अवस्था अज्ञात रहेको जनाएको छ ।
२९ भदौ, धनगढी । कञ्चनपुरको महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।
सोमबार बिहान साढे ९ बजेतिर दोधाराचाँदनी नगरपालिका–४ मालिका टोल बस्ने ५० वर्षीय जित दमाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्र्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले वडा नम्बर ४ कै महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई बगेर बेपत्ता भएको जानकारी दिए ।
उनकाअनुसार दमाईका खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भएको छ । तर, अहिलेसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4