Comments Add Comment

जुम्ला अस्पतालमा २०० श्ययाको आइसुलेसन तयार गरिँदै

२५ चैत, जुम्ला । कर्णाली प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च प्राथमिकता दिएको प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले जानकारी दिएका छन् ।

प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालका निर्देशक डा. मंगल रावलले अहिले १२० आइसुलेसन श्यया , दश वटा आईसियू र ५ वटा भेन्टिलेटर तयार अवस्थामा रहेको बताए ।

उनका अनुसार जनचेतना कार्यक्रम, विशेषज्ञ डा. धिरज गुरुङको नेतृत्वमा कोभिड टाक्स फोर्स, ¥यापिड रेस्पोन्स टिम, हेल्थ डेक्स तथा क्वारेन्टाइन अनुगमनका कामहरु भईरहेका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानमा कार्यरत ३२ विशेषज्ञ चिकित्सक र २६ जना मेडिकल अफिसर सवै कोरोनाको जोखिमका विरुद्धका कार्यरत रहेका जानकारी दिनुभयो । उनले प्रतिष्ठानका कार्यरत ३५० कर्मचारी कोरोनाको सम्भावित जोखिम हुन नदिन कार्यरत रहेको बताए । प्रतिष्ठानले २०० श्ययाको आइसुलेसन तयार गर्न गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment