Comments Add Comment

प्रधानमन्त्रीको सम्बोधनमा राणाको प्रतिक्रिया– भ्रष्टाचारविरुद्धको नीति व्यवहारमा देखाउनुस्

'आलोचनाप्रति तिक्तता नपोखौं'

२३ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले भ्रष्टाचारविरुद्धको निर्मम नीति भाषणमा नभइ व्यवहारमा देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको सम्बोधनमा प्रतिक्रिया जनाउँदै अध्यक्ष राणाले जनअपेक्षा पनि सरकार भ्रष्टाचारविरुद्ध निर्मम बनोस् भन्ने रहेको उल्लेख गरे ।

भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री ज्यूको प्रतिवद्धता निर्मम रूपमा व्यवहारमा लागू भए उपयुक्त हुने थियो । आफ्नो प्रधानमन्त्रीप्रति देश र जनताको अपेक्षा नै यही हो,’ राणाले भने, ‘भ्रष्टाचार अनियमितताविरुद्ध निर्मम भएर प्रस्तुत हुने प्रधानमन्त्रीको निरन्तर प्रतिवद्धता, निर्मम रूपमा व्यवहारमा कार्यान्वयन हुनपर्दछ । प्रधानमन्त्रीसँग देश र जनताको अपेक्षा यही हो ।’

प्रधानमन्त्रीको सम्बोधनकै प्रतिक्रियास्वरूप राणाले संयम हुन र कोरोनाविरुद्धको लडाइँमा सबैलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘जनस्तरको आलोचना, अपेक्षा र सुझावप्रति तिक्तता नपोखौं, महामारीविरुद्ध एकढिक्का बनौं । तेस्रो चरणको जोखिम परास्त गर्न आफैंले आफैंलाई सफल भयौं भनेर ढुक्क नबसौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment