+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सनराइज बैङ्कको सुदूरपश्चिम प्रादेशिक कार्यालयमार्फत पीपीई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते २०:०१

२८ चैत, काठमाडौं । सनराइज बैङ्कको सुदूरपश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सेती प्रादेशिक हस्पिटलका सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेलाई बैङ्कका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले हस्तान्तरण गरेका छन् ।

अस्पतालको मेसु पाण्डेले सनराइज बैङ्कले स्वास्थ्यकर्मीहरुको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेकोमा धन्यवाद दिए ।

बैङ्कका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैङ्कको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए ।

हालसम्म सनराइज बैङ्कले विभिन्न अस्पतालमा चार सयवटाभन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?