Comments Add Comment

सनराइज बैंकद्वारा २०७७को क्यालेन्डर अनलाइन माध्यमबाट सार्वजनिक

२८ चैत, काठमाडौं । सनराइज बैंक लिमिटेडले विसं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिस्कभरिङ नेपाल विषयवस्तुसहित नयाा वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न  अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ, जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकले विश्वास लिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यम मार्फत आˆना ग्राहकहरुसम्म पुर्‍याउने निधो गरेको छ । सर्वसाधारणले क्यालेन्डर बैंकको बेवसाइटवाट हेर्न र डाउनलोड गर्न सकिने छन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबर मार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ ।

लकडाउन र वर्क र्फम होम लाई मध्यनजरमा राखी उक्त क्यालेन्डर बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले भिडियो कन्फ्रेन्सिङमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment