Comments Add Comment

जब सडकमा एसपीले गीत गाउन थाले

२८ चैत, रौतहट । लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन रौतहटमा स्थानीय प्रशासनले नौलो कामको शुरुवात गरेको छ ।

बिहीबार साँझ गौर बजारको मुख्य सडकमा साउण्ड सिस्टम जोडेर सशस्त्र प्रहरी बल रौतहटका एसपी रविनराज कर्णजित गीत गाउन थाले । एसपी कर्णजितले ‘पछताउनु पर्ला हैं, कोरोना भाइरसले’ बोलको गीत गाउन शुरु गर्दा स्थानीयले घरको छतबाट हेरेर ताली बजाए ।

कोरोना भाइरसको लक्षण र त्यसबाट जोगिन अपनाउनुपर्ने उपाय समेटिएको सो गीत प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले लेखेका थिए ।

प्रमुख जिल्ला अधिकारी, गौर नगरपालिकाका मेयर, नेपाल तथा सशस्त्र प्रहरी बलका उपरिक्षक तथा नेपाली सेनाको कर्णेल उपस्थितिमा सडकमै साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । नेपाल प्रहरीले समेत विविध नाटक तथा गीत मार्फत स्थानीयलाई कोरोनाको बारेमा सचेत गराएका थिए ।

भिडभाड हुन नदिएर स्थानीयले आफ्नै घरको छत र ढोका बाहिरबाट कार्यक्रमको आनन्द लिएका थिए ।

कडाउनका कारण घरमै बस्नुपरेका स्थानीयलाई गीत सङ्गीतका माध्यमबाट जनचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रमको शुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । यो सांगीतिक कार्यक्रमलाई चरणबद्ध रुपमा जिल्लाका विभिन्न स्थानमा सुरक्षाकर्मीहरुले सञ्चालन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment