Comments Add Comment

को बन्ला राष्ट्र बैंकको गभर्नर ?

२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद पद खाली भएको १९ दिनपछि सोमबार  नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बास्कोटा सम्मिलित सिफारिस समितिले नयाँ गभर्नरका लागि केशव प्रसाद भट्टराई , चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

राष्ट्र बैंक ५ चैतदेखि कायमु कायमका भरमा छ । गभर्नरको कार्यकाल सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि सरकारले डेपुटी गभर्नर सिवाकोटीलाई कामु दिएर बसेको थियो ।

सोमबारको सिफारिसपछि भने अब राष्ट्र बैंकले नेतृत्व पाउने पक्का भएको छ । अर्थमन्त्रालय श्रोतअनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्ति गर्नेछ ।

डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा राष्ट्र बैंकको गभर्नरका लागि आकांक्षीहरुको ताँती नै थियो । आधा दर्जन बढी आकांक्षीहरु मध्येबाटै समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिसमा परेका तीनै जना बलिया दाबेदारका रुपमा हेरिएका व्यक्ति हुन् । यसकारण पनि अहिले यो नै व्यक्ति गभर्नर बन्छ, भनेर ठोकुवा गर्ने अवस्था भने छैन ।

सिफारिसमा परेका अर्का व्यक्ति अधिकारी निकै बलिया दाबेदार हुन् । हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारीमा रहेका उनी राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर हुन् । अधिकारी बलिया दाबेदार यस अर्थमा पनि हुन् कि उनी दोस्रो पटक गभर्नरका लागि सिफारिसमा परेका छन् ।

( सच्याइएको- यसअघिको समाचारमा सिफारिसमा परेका तीनमध्ये एकजना केशवप्रसाद भट्टराई हुनुपर्नेमा राजन खनालको नाम पर्न गएकोमा सच्याइएको छ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment