News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशनको दोस्रो दिन आज विधान संशोधन, प्रतिवेदनहरू प्रस्तुति र नेतृत्व चयनका लागि बन्दसत्र शुरू हुँदैछ ।
- निर्वाचन आयोगका अनुसार आज दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने भोलि ९ असार बिहान ८ बजेदेखि मतदान शुरू हुनेछ ।
- महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछानेलाई नै निरन्तरता दिने तयारी गरिएको छ ।
८ असार, काठमाडौं । चितवनमा रास्वपाको पहिलो महाधिवेशन जारी छ । आज दोस्रो दिन बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ ।
बन्दसत्र बिहान ८ बजेबाट सुरु गर्ने भनिए पनि प्रतिनिधिहरूको उपस्थिति र ब्रेकफास्टका कारण केही ढिला गरी मात्रै सुरु हुने देखिएको छ ।
बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छ ।
साथै निर्वाचन प्रक्रिया पनि अघि बढ्ने छ । रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले अनलाइनखबरलाई जानकारी दिए ।
बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । सर्वसम्मत रुपमा रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने तयारी छ । यद्यपि निर्वाचन आयोगले निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ ।
महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन बिहान १० बजे हुनेछ । उम्मेदवारी मनोनयनको फारम वितरण १ बजे हुनेछ ।
उम्मेदवारी मनोनयन पत्र दर्ता समय २ देखि ४ बजेसम्म तोकिएको छ ।
राति ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । त्यसपछि उम्मेदवार विरुद्ध परेको दाबी विरोध जाँचबुझका लागि एक घन्टा समय छुट्याइएको छ ।
राति ९ बजेदेखि १५ मिनेट कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहे त्यसका लागि समय दिइने छ । राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
भोलिपल्ट बिहान अर्थात् असार ९ गते ७ बजेदेखि डेढ घण्टा मौन अवधि रहने छ ।
बिहान ८ बजे देखि ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ । पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने विधानको व्यवस्था छ । पहिलो चरणको मत परिणाम मतदान सकिएको दुई घण्टा पछि गरिने छ ।
दोस्रो चरणको मतदान अन्य पदाधिकारीको लागि हुनेछ । दोस्रो चरणको मतदानको कार्यतालिका सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया 4