Comments Add Comment

लकडाउनमा पनि सेवामा क्लासिक टेक

सुरक्षासहित फाइबर टास्क फोर्स फिल्डमा

२८ चैत, काठमाडौ‌ं‌ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले  लकडाउनमा पनि विशेष सावधानी अपनाएर सेवा दिने जानकारी गराएको  छ।

कोभिड-१९ फाइबर टास्क फोर्स बनाएर बैङ्क र अस्पताल लगायतका कर्पोरेटहरुमा सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्दै आएको क्लासिक टेकले जनाएको छ ।

क्लासिक टेकले कोभिड-१९ फाइबर टास्क फोर्सका सदस्यको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी समय समयमा स्वास्थ्य परीक्षण गराउनुका साथै उनीहरुका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाएको जानकारी गराएको छ  ।

साथमा कोरोना संक्रमणबाट सुरक्षित रहने विशेष सावधानीका उपायहरु बारे पनि  सचेतना प्रशिक्षण दिइएको क्लासिक टेकले जनाएको छ ।

महामारीबाट आफ्ना कोभिड-१९ फाइबर टास्क फोर्स स्टाफ कर्मचारी तथा उनीहरुका परिवारजन र आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी क्लासिक टेकले  कार्यालयहरुमा नै खाने बस्ने व्यवस्था समेत मिलाएको र चारै प्रहर सेवाप्रवाह गराउँदै आएको समेत जनाएको छ।

‘सबै जना घरमै बस्न विवश परिस्थितिमा विशेषगरी दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायत अन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भइरहेको छ ।

अनलाइन बैङ्किङ, अनलाइन एजुकेसन, कर्पोरेट काम, अनलाइन मेडिकल परामर्श जस्ता चुनौतीपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ,’ कम्पनीले भनेको छ, ‘यो अफ्ठ्यारो समयमा पनि कम्पनी सेवामा प्रतिवद्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment