+
+
Shares

यती समूहले दियो सरकारको कोरोना कोषमा एक करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते २०:०९

२८ चैत, काठमाडौं‌ । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा यती समूहका लगानीकर्ताहरुको तर्फबाट समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणले नेपाल लगायत विश्व नै ठप्प बनेको यस घडीमा महामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न नेपाल सरकारलाई सहयोग गरिएको यतीले जनाएको छ ।

नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु आफ्नो कर्तव्य भएको समूहले जनाएको छ ।

व्यवसाय ठप्प छ, अर्थतन्त्र ओरालो लागेको अवस्था छ, तर व्यवसायभन्दा पनि देश र जनताको पक्षमा ‘यती समूह’ उभिएको जानकारी गराउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?