
अहिले कसैलाई अचानक ज्वरो आउनसाथ आशंका पैदा हुन्छ, कोरोना भाइरसको संक्रमण पो भयो कि ? उमेरले ६० वर्षभन्दा माथिका, गर्भवती वा दीर्घरोगीहरु पनि यस्ता सामान्य लक्षण देखापर्न साथ आत्तिने गर्छन् ।
विश्व स्वास्थ्य संगठनद्वारा जारी तथ्यांक अनुसार उच्च ज्वरो, थकान, निरन्तर खोकी, श्वारप्रश्वासमा समस्या आदि कोरोना भाइरसको प्रारम्भिक लक्षण हुन् । यद्यपि यसको लक्षणमा अहिलेसम्म एकरुपता देखिएको छैन । कतिपयलाई लक्षण नै देखा नपरी कोरोना भाइरसको संक्रमण पाइएको छ । जबकी कतिपयमा हु–बहु लक्षण मिलेर पनि उनीहरुमा कोरोना संक्रमण भएको देखिदैन ।
त्यसो त भूगोल र व्यक्ति अनुसार समेत कोरोनाको लक्षणमा एकरुपता छैन । अहिलेसम्म कोरोना संक्रमित व्यक्तिहरुमा गरिएको अध्ययनबाट सामान्यत निम्न लक्षणहरु देखिए ।
ज्वरो
कोरोनाबाट संक्रमित धेरैजसोलाई उच्च ज्वरो देखिएको थियो ।
खोकी
अधिकांश कोरोना संक्रमित व्यक्तिलाई खोकी लागेको थियो । निरन्तर खोकी पनि कोरोनाको साझा लक्षण पाइयो ।
थकान
कतिपयमा कोरोना भाइरसको संक्रमणपछि थकान अनुभव भएको पाइयो । सामान्य अवस्थामा भन्दा बढी थकाई लाग्नु पनि यसको लक्षण हो भनेर पुष्टि भयो ।
श्वासप्रश्वासमा समस्या
कोरोना भाइरसको संक्रमण भएपछि अधिकांशलाई सास फेर्न गाह्रो भएको पाइयो । सुरुमा खोकी लाग्ने, घाटी खसखसाउने, टाउको दुख्ने लक्षण देखिए ।
यी सबै किसिमका लक्षणसँगै ज्वरो भने साझा लक्षणको रुपमा देखियो । त्यसैले पनि अहिले ज्वरो आउनसाथ धेरैले चिन्ता गर्छन् । जबकी ज्वरो भनेको सामान्य अवस्थामा पनि आउँछ । तर, सामान्य ज्वरो र कोरोना भाइरसको कारण हुने ज्वरोलाई कसरी पहिचान गर्ने त ?
सामान्य शरीरको तापक्रम ९७ डिग्री फरेनहाइटदेखि ९९ डिग्री फरेनहाइटसम्म हुन्छ । हाम्रो शरीरको तापक्रम पनि दिनभरीको उतारचढाव अनुसार नै हुन्छ । हाम्रो तापक्रम कस्तो हुन्छ भन्ने कुरा हामी दिनभरीमा कति सक्रिय रहन्छौं भन्ने कुरामा पनि निर्भर हुन्छ । दिनको समयमा के–के गर्नु भयो र के खानु भयो र के पिउनु भयो यो कुराले पनि तपाईंको तापक्रमलाई असर पार्छ ।
प्रायजसो अवस्थमा १०० दशमलव ४ डिग्रीभन्दा कम तापक्रमलाई चिन्ताजनक मानिंदैन । हल्का ज्वरो आउँदा आराम गर्नु र तरल पदार्थको सेवन गर्नाले आफैं ठीक हुन्छ ।
यदि हल्का ज्वरो आएको छ (१००.४ डिग्री भन्दा कम) र जाडो भएको, खोकि लाग्न शुरु भएको छ भने चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ ।
आरामले मात्र ठिक हुन्छ कि उपचारको पनि आवश्यकता छ भन्ने कुरा तपाईंको डाक्टरले बताउन सक्छन् ।
यसपछि पनि आफु कोरोना भाइरसबाट संक्रमित भएको लाग्छ भने आफुलाई ७ दिनसम्म आइसोलेशनमा बस्नुपर्छ ।
यद्यपि, लक्षण गम्भिर हुँदै गएको देखिएमा तुरुन्त उपचार प्रक्रिया सुरु गर्नुपर्छ । गम्भिर लक्षणहरुमा निम्न प्रकारका छन् ।
-सास फेर्न धेरै गाह्रो हुनु ।
-छातीमा दवाव भएको महसुस हुुनु ।
-अनुहार अथवा ओठ निलो हुनु ।
-द्विविधा महसुस हुुनु ।
प्रतिक्रिया 4