Comments Add Comment

दक्षिण कोरियाका नेपालीले विमानमा पठाए ४ हजार किट

२८, चैत, दक्षिण कोरिया । कोरोनाविरुद्धको अभियानका लागि दक्षिण कोरियाका नेपालीहरुले नेपाललाई चार हजार कोरोना टेष्टिङ किटसहित ७५ लाखभन्दा बढीको औषधिजन्य सामग्री पठाएका छन् । उनीहरुले पठाएको सामान शुक्रबारै काठमाडौं पुग्ने बताइएको छ ।

कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा संक्रमण देखा पर्नुपूर्व नै सम्भावित जोखिमलाई ध्यानमा राखेर ‘एक व्यक्ति, एक हेल्थ किट अभियान’ सुरु गरेका थिए ।

नेपालीहरुले पहिलो चरणमा ४२ हजार  डलर भन्दा बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीई लगायतका सामान नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा अभियान सुरु गरिएको थियो ।

अभियान सुरु गरेको चार दिनमै १४ करोड २६ लाख ३७ हजार सात सय ७९ वोन अर्थात् एक करोड ४० लाख ७९ हजार सात सय ७५ रुपैयाँ संकलन भएको थियो ।

मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको उपाध्यक्ष यदु लामिछानेले बताए ।

कोरियामा उत्पादित किटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिन्छ । यसको मूल्य प्रतिकिट २० डलर पर्छ ।

किटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भएलगत्तै किट खरिद गर्न नेपालीहरु सक्रिय भएर लागिपरेका थिए ।

नेपाल सरकारलाई कोरोनाविरुद्धको संघर्षमा सहयोग पुर्‍याउन केही सामग्री औपचारिकरुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई बिहीबार हस्तान्तरण गरिएको छ ।

अभियानबाट संकलित रकममध्ये अहिले पहिलो चरणमा चार हजार किट र पाँच सय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर शुक्रबार दिउँसो ३ः३० बजे नेपाल पुग्ने दूतावास स्रोतले बताएको छ ।

अभियान समाप्त भएको केही दिनमै उपकरण नेपाल पठाउने भनिएतापनि नेपाल-कोरिया हवाइ मार्ग बन्द भएका कारण केही समय ढिलो भएको हो ।

त्यस्तै, दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको पनि एनआरएनए महासचिव विमल सुवेदीले जानकारी दिए ।

दोस्रो चरणको सहयोग चीनबाट नेपाल जाने सामग्री नेपाल सरकारबाट हुने चार्टर्ड विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले बताएको छ ।

नेपालीहरुले पहिलो चरणमा ४२ हजार डलरभन्दा बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीई लगायतका सामान नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले अनलाइनखबरलाई बताए ।
दुई चरणमा गरेर ७५ लाख रुपैयाँ बराबरको सामान नेपाल पठाइने उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment