Comments Add Comment

‘वान सिनेमाज’को टिकटक प्रतियोगिता, विजेताले शो नै बुक गर्न पाउने

बानेश्वरमा रहेको ‘वान सिनेमाज’ले टिकटक प्रतियोगिता गर्ने भएको छ । टिकटकको क्रेजलाई मध्यनजर गर्दै वान सिनेमाजले टिकटक प्रतियोगिता आयोजना गरेको हो ।

यस प्रतियोगितामा भाग लिनको लागि प्रतियोगिहरुले कुनै पनि एक चलचित्रको संवादमा भिडियो बनाउनु पर्नेछ । बनाएको उक्त भिडियोलाई ‘वान सिनेमाज’को अफिसियल फेसबुक पेजमा गरिएको पोष्टमा कमेन्ट गर्नुपर्नेछ । कमेन्ट गर्दा #onecinemas #thereisadifference #onecinemastiktokchallenge लेख्नुपर्नेछ । अप्रिलको २० सम्ममा भिडियो पोष्ट गरिसक्नु पर्ने छ ।

पोष्ट गरिएको भिडियोमा सबै भन्दा धेरै लाइक र प्रतिकृया पाएको भिडियोलाई उत्कृष्ट ठहरर्याउँदै पुरस्कार दिइने छ । विजेता हुनेले लकडाउनपछि एक शो नै बुक गरेर चलचित्र हेर्न पाउनेछन् । उक्त शोमा विजेता र उसको परिवार मात्रले चलचित्र हेर्ने मौका पाउनेछन्  ।

साथै आइप्लेक्स मलले पनि अर्को अफर ल्याएको छ । ‘क्वारेन्टाइन बिंगो’ नाम दिइएको यस अफरबाट पनि वान सिनेमाजमा चलचित्र हेर्ने मौका मिल्नेछ । आइप्लेक्स मल फेसबुक पोष्टमा राखिएको फोटोमा आफूले लकडाउनमा गरेको कामहरुमा ठिक चिन्ह लगाएर कमेन्ट गरे, त्यहाँबाट उत्कृष्ट तीनलाई छनोट गरेर चलचित्र देखाइने छ । साथै गिफ्ट भौचर पनि पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment