Comments Add Comment

शान थापाको निर्देशनमा वेव सिरिज ‘सिमलु’ बन्ने

म्युजिक भिडियो निर्देशनमा अहिलेको सबैभन्दा सफल नाम हो, शान थापा । उनको निर्देशनमा तयार भएका धेरै म्युजिक भिडियोहरु हिट छन् । दर्शक-श्रोताले उनको कामलाई रुचाएका छन् ।

उनै शान अब वेव सिरिजको निर्देशनमा तम्सिएका छन् । शानको निर्देशनमा ‘सिमलु’ नामक वोव सिरिज तयार हुदैँछ । जुन ‘टैवा मुभिज’को व्यानरमा निर्माण हुनेछ । लभ स्टोरी, थ्रिलर तथा सस्पेन्स जनरामा निर्माण हुने यस सिरिजलाई शान आफैँले लेखेका हुन् ।

संजोग बस्याल कार्यकारी निर्माता रहेको यस वेव सिरिजमा विजय बस्याल एसोशियट निर्माताका रुपमा रहेका छन् । वेव सिरिजको सह-निर्माता मनोज जोशी हुन् ।

वेव सिरिजको लागि अहिले कोही पनि कलाकारको टुंगो लागेको छैन । केही समयमा नै कलाकारको टुंगो लाग्ने र लकडाउन सकिए लगत्तै छायांकन सुरु गरिने निर्देशक थापाले बताए ।

डिपि खनालको पटकथा रहने यस वेव सिरिजमा राजिव समर एसोशिएट निर्देशकको रुपमा रहेका छन् भने संवाद दीपक आचार्य ‘काकु’ र संजोग बस्यालले तयार गर्नेछन् । वेव अर्जुन तिवारीले खिच्ने वेव सिरिजलाई सुप्रिम पराजुलीले सम्पादन गर्नेछन् भने विजय बस्यालले भिएफएक्स र एनिमेशनको जिम्मा पाएका छन् ।

डिपि खानाल, लेखु सहयात्री तथा निर्देशक थापाले लेख्ने यस वेव सिरिजका गीतहरुमा हरी लम्साल र सन्तोष सुनारले स्गीत दिनेछन् । गीतमा प्रमोद खरेल, सुमन केसी, समिर आचार्य, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दास, आशिष सचिन लगायतले स्वर दिने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment