Comments Add Comment

स्वास्थ्य सामग्री खरिदको छानबिन गर : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

३० चैत, काठमडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सरकारले हालै गरेको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न माग गरेको छ ।

सरकारको पछिल्लो निर्णयले खरिद प्रक्रियामा गलत नियत थियो भन्ने प्रष्ट उसको ठहर छ ।

महंगोमा स्वास्थ्य सामाग्री खरिद गरेको भन्दै चर्को आलोचना भएपछि सरकारले ओम्नी समूहसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको थियो । त्यसपछि मन्त्रिपरिषदमा छलफल नै नगरी जीटुजीमार्फत खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । खरिद प्रक्रियामा सेनालाई संलग्न गराउने निर्णय पनि विवादरहीत रहेन ।

सार्वजनिक खरिद गर्दा स्वस्थ प्रतिपर्धा हुनुपर्ने भएपनि कहिले नीतिगत निर्णय त कहिले सरकारसरकारबीच खरिदका नाममा पटकपटक विचौलिया एवं दलालसँगको मिलेमतोमा राज्यकोषको ठूलो रकम अपचलन भएको टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आइतबर जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रिय संकटका बेला रचिएको स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तह समेतका सबै पदाधिकारीमाथि आवश्यक अनुसन्धान गरी निर्मम कारबाही गर्न प्रधानमन्त्री र अख्तियारस्ँग टीआर नेपाल जोडदार मागगर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment