Comments Add Comment

एसएस राजमौलीलाई प्रश्न: ‘आरआरआर’मा आलियालाई किन छान्नुभयो ?

‘बाहुबली’ फ्रेम्ण्ड निर्देशक एसएस राजमौली नयाँ चलचित्र ‘आरआरआर’ लिएर दर्शकमाझ आउँदैछन् । यस चलचित्रलाई दर्शकले प्रतिक्षित चलचित्रको रुपमा हेरेका छन् ।

चलचित्रमा दक्षिण भारतीय चलचित्रमा आफ्नो गतिलो स्थान बनाएका दुई नायक जुनियर आरटीआर र रामचरण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । चलचित्रमा बलिउड नायिका आलिया भट्टले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन् ।

यस्तैमा, चलचित्रको लागि बलिउड नायिका आलियालाई किन छान्नुभयो ? भन्ने प्रश्नमा गरियो । यस प्रश्नमा राजमौलीले भने, ‘मलाई दुई स्टारकोबीचमा सुहाउने निर्दोष अनुहार भएकी नायिका चाहिएको थियो । त्यसैले आलियालाई रोजेको हुँ ।’

राजमौलीले आलिया जुनियर आएरटीआर र रामचरण दुबैको जोडीका रूपमा प्रस्तुत हुन लागेको बताए । उनले थपे, ‘आलियालाई दुबैको अपोजिटमा प्रस्तुत गरिएको छ । तर, त्रिकोणात्मक प्रेमकथा भने होइन ।’ चलचित्रमा बलिउड अभिनेता अजय देवगणको पनि मुख्य भूमिका रहेको छ ।

अहिले चलचित्रको पूर्ण छाया‌ं‌कन सकिएको छैन । कोरोनाको त्रासका कारण चलचित्रको छायांकन रोकिएको छ । कोरोनाको त्रास साम्य भएपछि चलचित्रको छायांकन पुन: सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment